सोमालियाको प्रहरी मुख्यालयमा आतंकबादि आक्रमण ६ जना ठहरै ।

0
560

साउन १६ एजेन्सी । सोमालियाको राजधानी मोगादिशु स्थित प्रहरी मुख्यालयमा आतंकबादि आक्रमण हुंदा कम्तिमा ६ जनाको ज्यान गएको छ ।मारिनेमध्ये कम्तिमा तीनजना आक्रमणकारी नै भएको जनाइएको छ।Somalia
बिबिसीका अनुसार मोगादिशुस्थित अपराध अनुसन्धान विभागको प्रवेशद्वारमा विष्फोटक पदार्थले भरिएको दुइवटा कार बम विष्फोट गराइएको थियो। उक्त कार्यालयलाई निशाना बनाइएको यो पहिलोपटक भने होइन। आक्रमणपछि धुवाँको ठूलो मुश्लो आकाशतिर उडेको थियो। विष्फोटपछि निकैबेर गोली हानाहान भएको थियो। बाहिरपट्टिको सडकमा विष्फोटमा परेर मारिएकाहरुको शव फोहोरको थुप्रोमा लडिरहेका थिए। इश्लामवादी लडाकु समुह अल शबाबले उक्त आक्रमण गरेको बताएको छ। राजधानी मोगादिशुमा यो साता मात्र अल शबाबले गरेको यो दोश्रो ठूलो आक्रमण हो।