दाङ, १७, साउन । मुलुकको मौसमी प्रकृतीको संसदीय खिचडी प्रणालिको अन्त्य नहुँदा सम्म राजनीतिक स्थायित्व हुनै नसक्ने नयाँ शक्ति नेपालको संयोजक डा . बाबुराम भट्टराईले बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड म्यादी प्रधानमन्त्री बन्न लागेकाले उनले केही गर्न नसक्ने बताउनुभयो । रिपोटर्स क्लव नेपाल दाङ शाखाले सोमवार बिहान तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा पूर्व प्रधानमन्त्री समेत रहेका डा .भट्टराईले म्यादी सरकारले सुरुदेखि नै काम गर्न नसक्ने र त्यस्ता प्रधानमन्त्रीलाई देश विदेश कसैले विश्वास नगर्ने बताउनुभयो । डा. भट्टराईले भन्नुभयो, सुरुमै नौं महिना म्याद तोकेर आएको म्यादी सरकारले कति कामगर्न सक्छ,सरकार फेर्ने र कुर्सी साटासाट कुनै नौंलो कुरा होइन ।’ डा. भट्टराईले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र व्यवस्थापिका संसद पूर्ण समानुपातिक बनाउनु अपरिहार्य रहेको बताए । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा डा . भट्टराईले आगामी निर्वाचन सम्म नयाँ शक्ति पार्टी बैकल्पिक शक्तिका रुपमा उदाउने जिकिर गरे । जेठ ३० मा घोषणा गरिएको नयाँ शक्ति पार्टी पुरानो पार्टीको लाईनमा थपिएको अर्का एउटा पार्टी मात्रै नहुने बरु मुलुकको आर्थिक विकास र सम्वृद्धीको एजेण्डा आत्मसाथ गरेर अगाडि बढेको पार्टी भएको जिकिर गरे । पुराना पार्टीहरु पुराना साषण सत्ता भत्काउन मात्रै बनेकोले अव उनीहरुको औचित्य सकिएको दाबी गरेका उहाले नेपालका कम्यूनिष्ट पार्टीहरु स्टिालिन सैलिमा र केन्द्रिय ढाँचामा निर्माण गरिएको बताउनु भयो । सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भएको तर स्वार्थपुर्तीको लागि उग्र नक्कली राष्ट्रवाद देखाउनु देश हितमा नभएको उहाँले बताउनुभयो। तर उनले भारत संगको सन्धि सम्झौता सन्तुलित नभएकोले त्यसमा पुनरावलोकन आवश्यक रहेको जोड दिनुभयो । उहाँले भन्नुभयो , म प्रधानमन्त्री हुँदा खेरी नै प्रवुद्ध समुह निर्माण भएको हो र त्यही समुहको सहयोगमा सिमावर्ती समस्या अनि डुवानको समस्या हल गर्न सकिन्छ ।’