माग सम्बोधन नगरे सम्म सरकारमा जादैनौँ : अध्यक्ष महतो

0
674

 राजविराज, १७ साउन ।  मधेसको माग सम्बोधन गरे मात्र नयाँ सरकार निर्माणमा समर्थन गर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले  बताएका छन् ।  आज पत्रकार सम्मेलन गर्दै उनले मधेसको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता वर्तमान गठबन्धनबाट आएमात्र सरकारलाई समर्थन गर्न र सरकारामा जान सकिने बताएका हुन्। उनले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई सहिद घोषणा सहित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाको उपचार खर्च र लगाइएको मुद्दा फिर्ता गरे मात्र नयाँ सरकारका लागि समर्थन गर्ने सकिने बताउएका छन्।