कर असुली खस्किदै

0
779

 जनकपुर, १७ साउन ।  जनकपुरमा गत आवमा कर असुलीमा २६.८५ प्रतिशतले कमी आएको छ । आन्तरिक राजस्व कार्यालयका अनुसार सो अवधिमा रू एक अर्ब ६० करोड ३६ लाख २९ हजार राजस्व असुलीको लक्ष्य राखिएकोमा रू एक अर्ब १७ करोड ३० लाख ७३ हजार मात्र असुली भएको छ । सोमध्ये आयकरबाट रू ५२ करोड २९ लाख ७४ हजार, ब्याज करबाट रू तीन करोड ७१ लाख ३५ हजार, बहाल करबाट रू. तीन करोड ९४ लाख ६४ हजार, मूल्य अभिवृद्धि करबाट रू. ३१ करोड १९ लाख ९२ हजार र अन्तःशुल्कबाट रू २४ करोड ८ लाख तीन हजार राजस्व असुली भएको छ । यसैगरी स्वास्थ्य सेवा करबाट रु ८३ लाख ५२ हजार र शिक्षा सेवा शुल्कबाट रू एक करोड २३ लाख ५२ हजार राजस्व असुली भएको बताइएको छ । अघिल्लो आवको तुलनामा गत आवमा आयकरमा ९१७, ब्याजकरमा ८.८०, बहालकरमा १२.८० , मूल्य अभिवृद्धिकरमा १२.३०, अन्तःशुल्कमा ४९, स्वास्थ्य सेवा करमा १२।७ र शिक्षा सेवा शुल्कमा ४८ प्रतिशतले वृद्धि भएको छ । कार्यालय प्रमुख पूर्ण न्यौपानेले अनलाइन सेवाको पहुँचमा कमी र मधेस आन्दोलन तथा आपूर्ति व्यवस्थामा परेको प्रतिकूलताका कारण राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो ।