सिमा क्षेत्रको बांध बिबादको दिर्घकालीन समाधान खोज्न आग्रह ।

0
580

काठमाडौं, साउन १७ । बिभिन्न स्थानमा भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेकाले सिमावर्ती क्षेत्रमा बिबाद बढेको छ । पछिल्लो समय सप्तरीस्थित खाँडो खोला सीमामा समस्या उत्पन्न भएको र तिलाठी बाँध विवादले उग्र रुप लिएको छ ।खाद्य सुरक्षाका लागि क्रियाशील संस्था फियान नेपाल, खाँडो खोला सीमा बाँधपीडित, युचेप नेपाल र खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिले नेपाल–भारतबीच खुला सिमाना रहेकाले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइएको छ।

सप्तरी जिल्लाका सांसद तेजुलाल चौधरीले उक्त समस्या समाधान गर्न सरकार गम्भीर भएर प्रस्तुत हुनुपर्ने बताउँदै खाँडो नदी संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा समेत बजेट राखिए पनि नदी नियन्त्रण गर्न नसकिएकामा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले जनता लडाएर समस्याको समाधाननहुने भन्दै अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसार कूटनीतिक तवरले समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो। सांसद सुरेन्द्रप्रसाद यादवले अहिले भारतबाट एकतर्फी रुपमा बलमिच्याइँ भइरहेका कारण नेपालीहरु ठूलो समस्यामा रहेको बताउँदै दुवै पक्षका नेतृत्वले छलफल गरेर समस्या समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।Saptari-Jhadap

भारतका लागि नेपाली पूर्वराजदूत डा दुर्गेशमान सिंहले उक्त घटना व्यवस्थापिका–संसद्मा छलफल हुन आवश्यक रहेको बताउँदै संसद्बाट नीतिगत धारणा आएपछि कूटनीतिक रुपमा अन्तरदेशीय समितिलाई क्रियाशील गराएर समाधानतर्फ अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

तिलाठी बाँधका पीडित सञ्जीव यादव र रतन यादवले आफूहरुले भारतीय पक्षलाई उक्त क्षेत्रमा बाँध नबाँध्न पटक पटक गरेको आग्रह सुनुवाइ नगरी माथिको आदेश भन्दै अटेर गरेकाले बाध्य भएर प्रतिकारमा उत्रनुपरेको बताउनुभयो ।

कार्यक्रममा सहभागी अधिकांशले दुइ देशको सम्बन्ध बलियो बनाउंदै बांधबाट उत्पन्न सम्स्याको दिर्घकालीन समाधान खोज्न आग्रह गर्नु गरेका थिए ।