काठमाण्डौ साउन १८ एजेन्सी । अमेरीकाका राष्ट्रपति बाराक ओबामाको समर्थनमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्क बराबरको समर्थन थप भएको छ ।
यसअघि तीन अङ्कले अगाडि देखिनुभएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अङ्कले लिड गरेको सर्वेक्षणले देखाएको छ ।
रिपब्लिकनको अधिवेशनले डेमोक्रेटिक दलको अधिवेशन पूर्व ट्रम्पको पक्षमा दुई अङ्कको प्रगति देखाएको एक सर्वेक्षणले जनाएको छ ।
आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले देखाएको छ ।
अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उहाँको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा उहाँप्रति नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ ।
त्यसैगरी ३१ प्रतिशत मतदाता डोनाल्ड ट्रम्पप्रति सकारात्मक धारणा राखेका छन् । रिपब्लिकन पार्टीको अधिवेशन पूर्व पनि यो तथ्याङ्क ३१ प्रतिशत नै भएको सर्वेक्षणले देखाएको छ ।
रिपब्लिकन उम्मेदवार ट्रम्पप्रति ५२ प्रतिशत मतदाताको नकारात्मक धारणा रहेको सर्वेक्षणले जनाएको छ ।
यो मत सर्वेक्षण जुलाई २९, ३० र ३१ मा एक हजार ३९३ वयष्क मतदाताबीच लिइएको थियो ।