साउन १८ काठमाडौ मंगलबार । नयां सरकार गठन गर्ने बिषयमा कांग्रेस, माओवादी र मधेसी मोर्चासहितको गठबन्धनका बिचमा आज लिखित सम्झौता हुने भएको छ ।
आज साँझ आब्हान गरिएको संयुक्त बैठकमा मोर्चाले उठाएका माग पुरा गर्न लिखित सहमति गर्न माओबादि कांग्रेस तयार भएका हुन् । छलफल अन्तिम चरणमा पुगेको र आज सामान्य छलफल पछि सहमति गरिने कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ सयुक्त बैठक बस्नेछ ।
हिजो अबेररातीसम्म बैठक बसेर सहमतिको ड्रफ्ट तयार गरेका छन् । त्यसकै आधारमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा मतदान गर्नेछन् ।
सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधन गर्न अब बन्ने सरकारले प्रक्रिया अघि बढाउने तथा मधेस आन्दोलनका क्रममा मृतक तथा घाइते भएकालाई क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेस, माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका नेताहरू तयार भएपछि मोर्चासँग सहमति हुने निश्चित भएको हो ।
सहमति अनुसार मोर्चाले तत्काललाई प्रचण्डका पक्षमा मतदान गर्ने र सरकार गठनमा सघाउनेछ । सरकारमा भने केही समयपछि मात्रै सहभागी हुने ड्राफ्टमा उल्लेख गरिएको छ ।