उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण

0
666

एजेन्सी ।  ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाको संयुक्त चीफ अफ स्टाफले यो मिसाइल उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको हो । उत्तर कोरियाले दक्षिण कोरियामा मिसाइल प्रतिरक्षा प्रणाली लगाउने दक्षिण कोरिया र अमेरिकी योजनाको ‘जवाफ दिने’ बताइसकेको छ। संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार उत्तर कोरियामाथि परमाणु र ब्यालेस्टिक मिसाइल बनाउन प्रतिबन्ध छ । तर उत्तर कोरियाले पछिल्ला महिनाहरुमा कयौ मिसाइल परीक्षण गरिसकेको छ संयुक्त चीफ अफ स्टाफका एक अधिकारीले भने–यो परीक्षणले छिमेकी देशमाथि आक्रमण गर्ने उत्तर कोरियाको महत्वाकांक्षा प्रकट गर्दछ । उनले मिसाइल मध्यम दूरीको भएको बताए । यो मिसाइलले करिब १ हजार किलोमिटरको दूरीसम्म मार क्षमता राख्दछ । जापानका प्रधानमन्त्री सिन्चो अबेले यो परीक्षणले आफ्नो देशमाथि खतरा रहेको बताएका छन् । उनले परीक्षणप्रति कडा आपत्ति जनाएका छन् । अमेरिकाले पनि मिसाइल परीक्षणको निन्दा गरेको छ। गत जुलाईमा पनि उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।