दाहाल देशको ३९ औँ प्रधानमन्त्रिमा निर्बाचित

0
587

काठमाडौँ, १९ साउन ।  नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।  व्यवस्थापिका–संसदमा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित हुनुभएको हो ।  संसमा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए ।  संसद्मा तत्काल कायम रहेको ५९५ सांसद सङ्ख्यामध्ये ३६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले नेता दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित हुनुभएको जानकारी दिनुभयो । यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा उहाँले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ ।