भारतिय  राजदुतले दिए प्रचण्डलाई बधाई

0
587

   काठमाडौं, २० साउन ।  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय  राजदुत रन्जीत रेले प्रचण्ड निवास लाजिम्पाटमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । एकाबिहानै प्रचण्ड निवास पुगेका राजदूत रेलाई प्रधानमन्त्री प्रचण्डले बधाईका लागि धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कुटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको छ । यसैबीच नेकपा माओवादी केन्द्रको कार्यालय बैठक अहिले बिहान बस्दैछ । बिहान ८.३० बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ।