इजिप्ट, एजेन्सी । इजिप्टको सेनाले गरेको कारवाहीमा इस्लामिक स्टेट आइएसका ४५ जनाको लडाकुको मृत्यु भएको छ । मारिनेमा सिनाई इकाई प्रमुख पनि रहेका छन् । आइएसको सिनाई इकाई अर्थात् अन्सार बेत अल–मकदिस समूहमाथि सेनाले गरेको हवाई आक्रमणका क्रममा सिनाई इकाइका प्रमुख अबु दुआ अल–अन्सारीसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको हो । इजिप्टका सेना प्रमुखले आइएसको गढ मानिने अल–अरिस शहर नजिक गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको बताउनुभएको छ । सिनाई इकाई इजिप्टको सबैभन्दा बढी सक्रिय चरमपन्थी गुट मानिँदै आएको छ ।