बिहे अघि नै केटालाई यसरि राम धुलाई गरेपछि …..

0
466

एजेन्सी  २१, साउन ।  विवाहका थरिथरि प्रकारका परम्पराको बारेमा हामीले नसुनेका भने होईनौँ। यस्तै  दक्षिण कोरियाको एक अनौठो बिहे परम्पराको बारेमा पनि जानिहालौँ । दक्षिण कोरियामा एउटा यस्तो बिहे परम्परा छ, जहाँ बिहेअघि बेहुलाहरुलाई उभिन्डो पारेर नांगो पाइतालामा लीले हिर्काइन्छ । यो परम्परा अनुसार बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले हुनेवाला बेहुलालाई झण्डै उभिन्डो पारेर उसको खुट्टा एउटा काठमा बाँधिदिएका हुन्छन् । उसले लगाएका जुत्ता फुकालिएको हुन्छ र पाइताला नांगो हुन्छ । अनि त्यहाँ उपस्थित सबैले एक एक गरी हुनेवाला बेहुलाको पाइतालामा जोडसँग लीले हिर्काउँछन् । लीले मात्र होइन विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा हिर्काइन्छ । यो माछाको पिटाइ खाने पुरुष बिहेपछि मजबुत बन्ने विश्वास गरिन्छ । यसरी हुनेवाला बेहुलोलाई नांगो पाइतालामा कुट्नुको एकमात्र उद्देश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो मर्दपना देखाउन सकोस् भनेर रहेछ ।