नेबिसंघको सभापतिमा १६ जनाको उम्मेद्धवारी (नाम लिस्ट सहित)

0
1131

नेपाल बिद्यार्थीसंघको ११ औं महाधिबेशनबाट सभापति बन्न चाहनेहरुको संख्या उल्लेख्य देखिएको छ । सभापतिमा मात्रै १६ जनाले उम्मेद्धारी घोषण गरि सकेकाले महाधिबेशन सम्पन्न गर्न माउ पार्टीलाई हम्मे हम्मे पर्ने भएको छ । लामो समय देखि महाधिबेशन हुन नसक्दा नेतृत्वमा जान सक्नेहरुको संख्या बढेको हो । १६ जना सभापतिका आकांक्षीहरुमा केही स्वतन्त्र सहित सभापति देउवा पक्षधर,वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर,कृष्ण प्रसाद सिटौला पक्षधर गरि बिभिन्न गुट उपगुटका उम्मेद्धारले उम्मेद्धारी दिएका छन् । सभापतिमा उम्मेद्धारी घोषणा गर्दै मत माग्न लागेका सभापतिका उम्मेद्धारहरुको सुचि यस्तो छ ।
लक्ष्मण आचार्य,
दिपक भट्टराई,
नयनसिं महर,
सरोज थापा,
मनोजमणी आचार्य,
जित जंग बस्नेत,
क्षितीज भण्डारी,
बिनिता अधिकारी,
शुभराम बस्नेत,
आनन्द त्रिपाठी,
कुन्दन राज काफ्ले,
निलकण्ठ रिजाल,
पदमराज पन्त,
रामप्रसाद अधिकारी,
रत्न कार्की,
राजीव ढुङगाना रहेका छन् ।