यसरी मिल्दै छ नेबिसंघको बिबाद !

0
2337

आइतबार देखि राजधानीमा सुरु भएको नेबिसंघको बिबाद सुल्झने संकेत मिलेको छ । सभापतीमा मात्रै १६ जनाले इच्छा देखाए पछि भांडभैलो हुने अनुमान गरिएको महाधिबेशन अन्ततःसफलता पुर्वक सम्पन्न हुने गरी सहमतीको प्रयास भएको छ ।

रामचन्द्र पौडेल र कोइराला परिवारको प्रतिनिधिको दावी गर्दै आठ जनाले उम्मेद्धारी घोषणा गरे पछि संस्थापन भनिएको पक्ष नै अल्पमतमा पर्ने देखिए पछि महामन्त्री शशांक कोइराला र रामचन्द्र पौडेल पक्षले मनोजमणी आचार्यलाई आधिकारीक उम्मेद्धार बनाउने निर्णय गरेका छन् । यसबाट महामन्त्रीमा दिपक भट्टराई हुने पकका भएको छ भने अन्यलाई मनोनयन गर्न पाइने पदहरुमा स्थान दिइने आन्तरीक सहमती भएको स्रोतले बतायो जुन आधिकारीक रुपमा घोषण हुन बांकी रहेको छ । nebisangh
यता सभापती देउवा पक्षधरहरुबाट नयनसिंह महरलाई पार्टीको बैकल्पीक केन्द्रीय सदस्य बनाउने सर्तमा उम्मेद्धारी फिर्ता लिने सहमती भएको छ अरु बांकी रहेकालाई सान्त्वना दिंदै जितजंग बस्नेतलाई आधिकारीक उम्मेद्धार बनाउने बुढानिलकण्ठले निर्णय गरेको छ ।

उता युवाहरुका प्रतिनिधि गगन थापा तथा कृष्ण प्रसाद सिटौला पक्षधरका उम्मेद्धार कुन्दनराज काफ्लेलाई मनाउन पार्टीको बैकल्पीक केन्द्रिय सदस्य वा आगामी निर्वाचनमा दोलखाबाट प्रत्यक्ष निर्वाचनमा टिकट कुन दिने भन्नेमा छलपल भैरहेको छ जुन चांढै फैसला हुने वाला छ । यसरी जितजंग बस्नेत र मनोजमणी आचार्यको बिचमा मात्रै निर्वाचन भएमा मनोजमणीलाई जिताउन सकिने बोहोराटार रमहाराजगञ्जको बुझाई छ ।