आइतबार देखि राजधानीमा शुरु भएको नेपाल बिद्याथी संघको महाधिबेशन प्रतिनिधि बिबादका कारण अनिश्चित भएको छ । महाधिबेशन प्रतिनिधिको बिबाद कायम रहेका कारण सोमबार बिहानबाट हुनु पर्ने बन्द सत्र अन्यौलमा परेको छ । जिल्ला अधिबेशन नभएका ११ जिल्लाबाट बिभिन्न गुटले पठाएको प्रतिनिधि र राजधानीका अधिबेशन सम्पन्न कलेजबाट समेत आएका गुट उप गुटका प्रतिनिधि बिबाद नमिले सम्म आयोजक समितीलाई बन्द सत्र सञ्चालन गर्न कठिन भएको छ । यतिबेला बिद्यार्थी नेताहरु बिभिन्न नेतृत्वको घर दैलोमा धाइरहेका छन् ।
बिशेषगरी सोलखुम्बु,सिराहा,रौतहट,पर्सा,कास्की,रुपन्देहि,सुर्खेत लगायतका जिल्लामा भएको बिबाद मिलाउन नेतृत्वलाई निल्नु न ओकल्नु भउको छ । यता बिबाद मिलाउन भन्दै पार्टीले गठन गरेको निर्देशक समितीका संयोजक डा प्रकाश शरण महत बिबाद मिलाउन लागि परे पनि बिबाद उनको काबु भन्दा बाहिर पुगिसकेको छ । यसरी प्रतिनिधि बिबाद उत्कर्षमा पुगे पछि बैधानिक महाधिबेशनको माग सबै तिरबाट हुन थालेको ।
महाधिबेशनको नजिक आइपुग्दा गगन थापा र कृष्ण प्रसाद सिटौलाको प्रतिनिधित्व गर्दै कुन्दनराज काफ्लेको योजनामा आमरण अनसन बसे पनि प्रतिनिधि बिबाद बढाउन सोही टिम लागि परेको अन्य गुटको आरोप छ। भ्यालीका कलेजहरुमा अनावश्यक बिबाद झिक्न काफ्ले पक्ष नै नयां नयां लिस्ट पठाएको देउवा पक्षधरको आरोप छ । यसरी महाधिबेशन सुरु भैसके पछि बढेको बिबादका कारण बन्द सत्र लगायत नयां नेतृत्व चयनको प्रकृया अबरुद्ध हुंदा प्रजातान्त्रीक पार्टीले प्रजातान्त्रीक बिधि र पद्धती अनुसार भातृसंस्थाको महाधिबेशन गराउन सक्ने देखिएको छैन । यसमा नेताहरुले आफुनिकटका लाई टिका लगाउने षड्यन्त्र गरिरहेको प्रतिनिधिहरको बुझाई छ ।