सुरक्षाकर्मीको गोली लागी सय जना ठहरे

0
508

इथियोपिया  (एजेन्सी)।  अफ्रिकी मुलुक इथियोपियामा नागरिकको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनमा उत्रिएका एक सय जनाको मृत्यु भएको मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनललाई उधृत गर्दै बीबीसीले जनाएको छ । राजनीतिक सुधार, न्याय तथा कानुनी व्यवस्थाको माग गर्दै गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेको हो । जनजाती समूहको बाहुल्यता रहेको क्षेत्र ओरोमिया र अमहारामा प्रदर्शन भएका छन् । सेना तथा प्रहरीले ठूलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेर आफ्ना तालिम केन्द्रमा राखेको छ । इथियोपियाको सरकारले बाहिरी शक्तिको आडमा प्रदर्शन भएकाले कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ ।