साउन २६ काठमाडौ । निर्धारीत समयमा नेबिसंघको महाधिबेशन सम्पन्न हुन नसक्दा आयोजक समीतीको ब्यय भार दोब्बर हुने भएको छ । नेबिसंघले आफ्नो ११औं महाधिबेशन सम्पन्न गर्न १ करोड ७८ लाख असी हजार रुपैया खर्च हुने अनुमान गरेको थियो । महाधिबेसन स्थल भृकुटिमण्डपको हल हिजो सम्मलाई मात्रै बुकिङ गरिएकोमा आज एक दिनका लागि थप गरिएको छ । उता प्रतिनिधिका लागि बासको ब्यबस्था गरिएका होटलहरुको बुकिङ पनि आजै देखि सकिएको छ । यसबाट महाधिबेसन प्रतिनिधीहरुको बिचल्ली हुने भएको छ । यसरी महाधिबेशन लम्बिदै जांदा दैनिक ४० देख ५० लाखका दरले खर्च बढ्ने प्रवक्ता युपि लामिछानेले बताएका छन् ।
दुइ दिन देखि अबरुद्ध भएको नेबिसंघको ११ औं महाधिबेशन आजबाट शुरु हुने भएको छ । नेबिसंघका प्रवक्ता युपि लामिछानेले सञ्चारखवरलाई दिएको जानकारी अनुसार प्रतिनिधि बिबाद निर्देशक समीतीले गए राती मिलाएको छ । बिबाद मिलाउने क्रममा समितीले सबै पक्षले उठाएको माग अनुसार छुटेका प्रतिनिधि हुन योग्यता पुगेकालाई प्रतिनिधि बनाउने निणर्य गरे पछि बिबाद मिलेको दाबी गरिए पनि प्रतिनिधिहरुको अन्तीम नामावली सार्वजनिक भए पश्चात पुनःबिबाद हुने धेरैको अनुमान छ । लामो समय देखि महाधिबेशन हुन नसकेका कारण नेतृत्वमा जान चाहने र प्रतिनिधि बन्न चाहनेको संख्या उल्लेख्य रहेको छ । निर्देशक समितीले पठाएको नामलाई अन्तीम रुप दिई प्रकाशन गर्ने कार्य भैरहेकाले प्रतिनिधिको अन्तीम नामावली प्रकाशन गर्न अझै २ घण्टा भन्दा बढि समय लाग्ने अनुमान गरिएको छ । अन्तीम नामावली प्रकाशन पश्चात पार्टी कार्यालय सानेपामा प्रतिनिधिहरुलाई परिचय पत्र र झोला बितरण गर्ने आयोजक समीतीले तयारी गरेको छ । यो तयारीलाई हेर्दा आजै सांझ सम्ममा बन्द सत्र सुरु गर्ने समितीको तयारी भए पनि के हुने भन्ने टुङगो लागि सकेको छैन ।
यता प्रतिनिधि बिबाद मिले पछि निर्वाचन समिती निर्वाचन कार्यतालिका प्रकाशीत गर्न लागि परेको छ । समितीले आजै सांझ बाट उममेद्धारको मनोनयन प्रकृया सुरु गर्ने बताएको छ । अहिले सम्मको अवस्था हेर्दा सभापति लगायतका पदाधिकारीमा धेरैको उम्मेद्धारी घोषण भएकाले निर्वाचन गर्नै पर्ने देखिएको छ ।