दाङमा जन्मिएका एनबी टन्डन एघार वर्ष देखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा अँगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी नै हुन् । उनी राष्ट्रियता प्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । उनी विगत ३ बर्ष देखि पेशा सँगसँगै नेपाल चिनाउने पवित्र कर्ममा लागि परेका हुन् ।
क्यानडामा अमेरिका र क्यानडा घुम्ने २९ लाख ट्रक छन् । तीमध्ये एउटा ट्रक चलाउँछन् टण्डन । उनको ट्रक अरुको भन्दा बिल्कुल भिन्न छ, उनको ट्रकभित्र अरू ट्रकमा जस्तै सामान हुन्छ भने बाहिर बिल्कुल अरू भन्दा फरक सिंगो नेपाल छ । ट्रक सगरमाथा, स्वयम्भू, लुम्बिनी, बुद्ध, पशुपतिनाथ र नेपालको राष्ट्रिय झण्डाका सुन्दर कलाकृतिले सजिएको छ । यि दृश्यले कस्लाई पो नलोभ्याउला , उनी प्राय : जसो मानिसका प्रश्नका घेरामा पर्दछन् ‘के हो यो ?’ उनी सगर्व उत्तर दिन्छन् , ‘ यो बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथाको देश नेपाल हो ।
’ क्यानडा र अमेरिकाका विभिन्न शहरमा ट्रक लिएर घुमिरहदा एक दिन उनलाई यस्तो आइडिया फुरेको हो । उनले सोचे ‘यत्रो ठाउँ पुगिन्छ, हाम्रो देश नेपाल घुम्नका लागि अति राम्रो मुलुक हो भनेर कसरी भन्ने ?त्यसैले सोच्दै जाँदा उनलाई यस्तो आइडिया आएको हो। अमेरिका र क्यानडा नियमित आवतजावत गरिरहनुपर्ने भएकोले अध्यागमनले रोक्ने हो कि भन्ने शंका उनलाई लागेको थियो । यसबारे बुझ्न, नीति–नियमले दिने–नदिनेबारे बुझ्न अध्यागमन गए रत्यहाँकाका कर्मचारीलाई आफ्नो कुरा राखे । अध्यागमनका कर्मचारीले त उनलाई मूर्ख समेत भने ।
आफ्नै पैसा खर्च गरेर किन यस्तो गर्ने भनेर उनीहरूले टण्डनलाई भनेका थिए । मूर्ख भनेर भनेका उनले त्यसको प्रवाह नगर्दै डेढ लाख बढी खर्च गरेर आफ्नो ट्रकलाई कलात्मक ढंगले सिंगारे । यस्तो कलात्मक दृश्यले सिँगारेको देखेपछि अध्यागमनकै कर्मचारीले उनको प्रशंसा गर्दै ‘तिमीले त गजबै ग¥यौं’ भनेको उनी सम्झन्छन् । त्यसैले उनीलाई थप नेपालबारे चिनाउन हौसला मिलेको छ । अहिले उनलाई कसैले सोध्यो भने नेपालबारे बताउने र एकचोटि घुम्न जानको लागि नेपाल जान सिफारिस गर्ने गरेका छन् ।
नेपाल बारे बताएपछि उनलाई प्रायजसोले जीवनमा एकपल्ट नेपाल गएरै छाड्ने प्रतिवद्धता गर्ने गरेका छन् । कति त उनलाई अर्को पटक भेट्दा नेपाल घुमेर फर्किएको बताउँछन् । यसबाट उनलाई थप आनन्द मिल्छ, थप खुशी मिल्छ । उनले यही नेपालका कलाकृतिले सिंगारिएको ट्रक लिएर पूरै क्यानडा मात्र होइन, झण्डै अमेरिका पनि घुमिसकेका छन् ।
गत बर्ष गएको महाविनाशकारी भुकम्पमा पनि उनले ट्रककै माध्यमबाट राहत तथा पुनःनिर्माणका लागि सघाएका थिए । उनले आफ्नो ट्रकमा लेखेरै नेपालको पुनःनिर्माणमा सघाउन आग्रह गरेका थिए ।नेपालमा ड्राइभरलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । त्यसलाई ड्राइभर आफै र सरकारले यसलाई सुधार्न सहयोग गर्नुपर्ने उनी बताउँछन् । क्यानडामा ड्राइभरको पनि राम्रो सम्मान हुने हुनाले आँफूलाई ड्राइभर भन्न कुनै हिचकिचाहट नहुने उनी बताउँछन् । टण्डनकै पहलमा अहिले क्यानडा र अमेरिकामा ड्राइभिङ पेशा अँगालेकाहरुको एउटा संगठन बनेको छ ।
उनको संगठनमा अहिले सय जना भन्दा बढि कृयाशिल सदस्यहरु रहेका छन् । उक्त संस्थाले नेपालको स्थास्थ्य र शिक्षा क्षेत्रमा सकेको योगदान दिने लक्ष्य लिएको छ । नेपाली ड्राइभरले महिला तथा किशोरीलाई जिस्क्याउने तथा गलत दृष्टिले हेर्ने गरेका कारण उनीहरुमाझ नै नकारात्मक सोचको बिकास भएको ठहर गर्दै त्यसलाई चिर्नका लागि किशोरीको स्वास्थ्यका लागि नै उक्त संगठनले पहिलो चरणमा लगानी गरी सकेको छ ।
गुल्मीमा गंगा खड्कालाई स्वास्थ्य दूत बनाएर स्वास्थ्य चेतना अभिवृद्धी गर्ने तथा किशोरीहरुको लागि महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनुका साथै दुर्गम क्षेत्रका विद्यालयका लागि ‘फस्ट एड किट’ वितरण गर्ने कार्य पनि भइसकेको छ । संगठनका सदस्यबाट उठाएको लेबीबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजिरहेको छ ।
उक्त ड्राइभर एसोसिएसन संगठनमा अध्यक्षको भूमिकामा रही संगठनलाई हांकिरहेका छन् एनबी टण्डन । उनले नै गैर नाफामूलक संस्था नेपाल विकास टिमको अवधारणा पनि अघि सारेका छन् । नेपालको विकासका लागि नेपाललाई सहयोग गर्न चाहनेबाट सहयोग लिने र सिधा सम्बन्धित काममा सहयोग गर्ने योजना अन्तर्गत यो अवधारणा अघि सारेको टण्डन बताउँछन् ।
उनै “मूर्ख” चालक पर्यटन दूत
दाङदेखि क्यानडा पुगेर क्यानडा मात्र नभएर अमेरिकासम्म नेपालको पर्यटन क्षेत्र र सिंगो नेपाललाई चिनाउन टण्डनले गरेको कामको प्रशंसा गर्दै पर्यटनबोर्डको सिफारिसमा नेपाल सरकारले मे १९, २०१६ देखि टन्डनलाई क्यानडाको लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । सरकारको यो निर्णयले आफू र आफ्नो टिमलाई आगामी दिनमा आगाडी बढ्न थप हौसला मिलेको टन्डन बताउँछन् ।
आफ्नो ट्रकमा नेपालका सुन्दर कलाकृती कुद्नका लागि सोधखोज गर्न अध्यागमनको ढोका पुग्दा त्यहींका कर्मचारीले श्रीमतीलाई गहना जोड्न छोडेर ट्रकमा के के जाती बुट्टा भर्न दौडिएको भनी मूर्खको संज्ञा दिईएका टण्डन अहिले सरकारको सानो सम्मान पर्यटन दूत बनेपछि पुलकित छन् ।
यसै बिच आफु क्यानडाको पर्यटन दुत नियुक्त भएलगतै बिभिन्न खालका पर्यटन प्रबद्रन गर्ने उदेश्यले क्यानडामा आयोजना भएको सन २०१६ जुन ११ मा झन्डै विश्व भरबाट ७,००० भन्दा बढी मनिसहरूको सहभागिता रहने ुब्राम्टन डे मा नेपालले पहिलो पटक आफ्नो सहभागिता जनाएको थियो ।
बिभिन्न खालका नेपाली कला धर्मसंस्कृति र रहनसहन झल्किने परिवेशको साथ संस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा सहभागिता भए बापत नेपालको लागि मायाको चिनो प्रदान गरिएको थियो । उनले दाङगको तुलसिपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई मित्र नगरपालिका घोषणा गर्ने तयारि अन्तिम चरणमा पुगेको र केहि समय पछि ब्राम्टन नगर प्रमुखको टोलि उक्त कार्यक्रमको लागि नेपाल आउने समेत कार्यक्रम रहेको बताए
। भने पर्यटन प्रबद्धनको लागि विद्यार्थी प्याकेज समेतको तयारि भैरहेको जानकारि समेत दिए। गैरआवासिय नेपाली संघ राष्टिय समन्वयन परिसद् क्यानडाले भुकम्प पिडित बालबालिकाको सहयोगार्थ क्यानडाबाट एन. बी टन्डनको पहलमा स्कुलका किताबहरू पिस फर पिपुलकी डाईरेक्टर पुनम खड्किलाई गत शक्ररबार काठमान्डौमा बितरण गर्नुका साथै टन्डनले व्यक्तिगत रूपमा नगद १०,००० समेत आर्थिस सहयोग गरेका छन।