नेबिसंघको प्रक्रिया आज देखि सुरु

0
750

 काठमाडौ, २७ साउन ।  भागबण्डाका आधारमा विवाद मिलेपछि नेपाल विद्यार्थी संघको महाधिवेसनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ।   महाधिवेसनको अवधि भन्दा दुई दिन ढिला बन्दसत्रसहितको निर्वाचन प्रक्रिया सुरु गर्न लागेको हो । आज बन्दसत्रमा नेविसंघले उठाएको आन्दोलन, भावी शैक्षिक आन्दोलनको बाटोसहितको प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिनिधि छनौटको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया पनि सँगै आजदेखि अघि बढ्ने छ । भोलि उम्मेदवारी दर्ता र पर्सी शनिबार मतदानको कार्यतालिका तोकिएको छ । नेविसंघका प्रवक्ता यूपी लामीछानेले आजै मतदाता नामावली प्रकाशन हुने जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया बन्दसत्र सँगै अगाडी बढ्ने पनि लामिछानेले बताउनुभयो । बन्दसत्र बिहान ११ बजे सुरु गर्ने तयारी भएपनि हलको अभावमा अन्यौल छ । भृकुटीभण्डपमा सम्झौता सकिएपछि बाँकी काम आजदेखि कांग्रेसको पार्टी कार्यालय सानेपामा हुनेछ । मंगलबार राति बसेको असन्तुष्ट पक्ष र निर्देशक समितिको छलफलले विवाद रहेका ११ जिल्लामा प्रतिनिधि भागवण्डा गरेर अघि बढ्ने सहमति भएपनि निर्वाचन प्रक्रिया अघि बढेको हो । प्रतिनिधि विवादको टुंगो नलाग्दा साउन २३ गते उद्घाटन भएको  महाधिवेशन अनिश्चित बनेको थियो ।