पार्टीको आधिकारिक धारणा तय गर्नमा मावबादि केन्द्रको ध्यानाकर्षण

0
353

 काठमाडौ, २८ ,साउन  ।   शुक्रबार बिहान लाजिम्पाटमा बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौ ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेकोछ ।  बैठकमा स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता को बिषयमा छलपल  भएको थियो । यसअघि माओवादी बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । सरकारमा माओवादीबाट तीन मन्त्री भइसकेका छन् । आठ मन्त्रालय पाएको माओवादीले ५ मन्त्री र केही राज्यमन्त्री पठाउने तयारी गरेको छ । बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको प्रवक्त पम्फा भूषालले जानकारी दिनुभयो । त्यस्तै बैठकमा स्थानीय तह पूनर्संरचनाका बिषयमा छलफल भएको र पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएकोजानकारी छ ।