कोमल वली र पशुपति शर्माको तिज गीत युटुबमा भाइरल ( भिडियो हेर्नुहोस् ) ।

0
794

बिभिन्न समयमा भिन्न भिन्न लयमा लोक गीत गाएर चर्चामा रहेकी अबिबाहित गायीका कोमल वलीले पछिल्लो समय गाएको तीज गीत यति बेला निकै चर्चामा छ । उनले कोटी कोटी भगवानलाई पुजा गर्दै अब भगवानको पनि भर नपर्ने ब्यथा पोखेकी छिन् । यहि गीतको शब्दलाई आधार मान्ने हो भने यस पटकको तीजमा महादेब खुशि भएनन् र उनको बिहे भएन भने उनि अबिबाहित नै रहने छिन । तर यो शब्द उनको तीज गीतमा प्रयोग भएको शब्द हो वास्तबीक जिवनमा कोमल वलीले बिहे गर्छिन या गर्दिनन् उनैलाई पनि जानकारी छैन ।
गीतमा उनले नारीलाई आदर्श मान्ने,मनमा आंट र गोजीमा दाम भएको आंटिलो केटा चाहिएको भने की छिन । गीतमा उनलाई चर्चित गायक पशुपति शर्माले साथ दिएका छन् । शर्माले दिदी नेता बनेर देश चलाउ किन चाहियो पाइ भनेर सुझाव दिंदा वलीले नारीलाई महान सावित गर्न दिलमा नाम लेखाई दिन आफ् तयार भएको भन्दै अब पोइ चाहियो भन्दै गीत गाउने अन्तीम चोटि हो भनेकी छिन । पशुपति शर्मा र कोमल वलि बिचको शन्देस मुलक तिज बिशेष दोहोरी गीत सामाजिक संजालमा चौध लाख पचासहजार भन्दा धेरैले हेरी सकेका छन् तपाई पनि एकै छिन कोमल ओलीको यो गीतबाट मनोरञ्जन गर्न सक्नुहुन्छ ।                           गीत हेर्न यो लिंकमा जानुहोस् ।