हिन्दु नारीहरुको महान पर्ब कस्तो रुपमा मनाउदै छौ? यसको महत्व के हो ? परापुर्बकाल देखि मानिदै आएको यो सस्कृति र परम्परा लाई जस्ताको तस्तै रुपमा जोगाउनु पर्छ कि , यसलाई परिबर्तन गरि नया ढंगले रुपान्तरण गरि मनाउने होकी या यो पर्ब नै ठिक होइन ? यी धेरै प्रस्न हरु छन् आज नारीको को स्वोतन्त्रतामा । तीज पर्ब किन सुरु भयो ? यसको उदेस्य के थियो ? यसलाई किन कठिन बर्तको रुपमा मनाउन थालियो ? यसका पछाडी पक्कै पनि कारण हरु धेरै होलान् । तर सरसर्ती हेर्दा भने यसका दुइ कारण प्रस्ट सँँँग देख्न पाईन्छ । हुनत हाम्रो देश मा सबै परम्परा र सस्कृति हरु धर्म कै आधारमा मानिने गरिएको पाईन्छ । तर यो तीज लाई अलि बिशेष कडा बनाइनु को कारण के होला त । यो हामी सबै नारीले एकपटक सोच्नै पर्ने महत्वोपुर्ण बिन्दु हो । पहिला हामीले हामी को भन्ने प्रस्न आफै सग राखौँ , अनि आफैले यसको जवाफ खोजौ । यो पर्ब को महत्वो र यसले हामीलाई कता धकेल्छ यो पनि सोचौ ,। यसकै बारे आज केहि मेरा मनमा लागेका जिज्ञासा लाई मैले यो पाना मा उतारेको छु । यो परापुर्ब काल देखि चल्दै आएको तीज पर्बको रुपान्तरण को माग मैले उठाउन चाहेको छु । यो समाज कसले निर्माण गर्यो यसको खोज गर्न जरुरि पनि छैन , किन कि यो प्रस्ट हाम्रै अगाडी ऐना जस्तै छर्लंग छ । यसलाई बनाउने पुरुष थिए । जब मान्छेको उत्पति भयो त्यो बेला समाज पुरुष होइन महिलाको हातमा थियो ,नारीले आफ्नो बच्चा जन्माउने आफ्नै नाम दिने सस्कार र सस्कृति थियो । यो कुरा पुरुष हरुलाई मन नपर्नु स्वोभाबिक नै थियो किन कि यसो हुँदा उनको अस्तित्वो मेटिन्थ्यो । आमा सँग त बच्चा आफ्नो हो भन्ने प्रमाण हुन्थ्यो तर बाबु को लागि यो कठिन थियो । त्यसैले अब उसले आफ्नो अस्तित्वो बचाउन बच्चा को नाम आफुमा परिणत गर्न थाल्यो । नारी जाति मा भएको कोमल भाबना को कारण पुरुष यो सत्ता कब्जा गर्न सफल भयो । अनि उसले बिस्तारै बिस्तारै आफ्ना हित मा हुने सामाजिक परम्पराको निर्माण गर्न थाल्यो । सरसर्ती हेर्दा सस्कृति र परम्परा हरु रमाइला लागे पनि यसले जता पनि नारीलाई तल राख्ने काम गरेको पाईन्छ । श्रीमान र श्रीमती बीच को सम्बन्ध लाई प्रगाड बनाउने तीज होश या दाजु भाई दिदि बहिनि को सम्बन्ध लाई प्रगाड बनाउने तिहार यी दुबैमा नारीलाई यसरि प्रयोग गरियको छ कि उनि यसलाई गलत भन्न चाहन्नन् किन कि यसमा पति र दाजु भाइको आयु को कुरा जोडीदियको छ , तर किन त पत्नी र दिदि बहिनि को आयु चाही पुरुष ले नमाग्ने त ? के नारीलाई चाही बाच्न नपर्ने किन पुरुष मात्र बाच्न पर्ने त ? यहाँ हामीले यी प्रस्न हरुलाई गहिरियर सोच्छौ भने नारीलाई पुरुष ले कसरि सजिलो तरिका बाट प्रयोग गरिरहेका छन् भन्ने कुरा प्रस्ट हुन्छु, नारी मायाकी देबी भयका कारण नै आज यी सब रितिरिवाज परम्परा उनलाई राम्रो लाग्ने गर्छ , आफ्ना लागि होइन अरुका लागि सदै बाचिदिने नारी हुन् । जता पनि पुरुष को आयु बढाइदिन उनि आफ्नो स्वास्थ्य को र आफ्नो कहिले ख्याल राख्दिनन् , कहिले दिदि बहिनि बन्छिन दाजु भाइको जिबन रक्छ्या गर्न चाहन्छिन् , कहिले पत्नी बनि पतिको ।तर तिनै दाजु भाइले उनलाई आफ्नो जन्मघरको सबै अधिकार खोसी त्यो घर लाई दिदि बहिनि को होइन मेरो हो भन्छन , किन त आफ्नो जिबनको रक्छ्या को लागि तेलको घेरा बनाई मखमली र दुबोको माला लगाई ढोकामा ओख्खर फोरी सप्त रङी टिका लगाई दी यमराज सँग बाट पनि उनलाई जोगाउन चाहने दिदि बहिनि लाई आफ्नो जन्मघर नै तेरो होइन मेरो हो भन्ने त तिनै दाजुभाई ले ? के यहि होत न्यायोचित सस्कृति र परम्परा ले ल्यायको आफ्नो पन आत्मियता ? अनि उता श्रीमती दिन भरि भोकै बसी पुरुष कै खुट्टाको जल खाई उसकै आयु माग्छिन अनि के उसले चाही पत्निकों आयु माग्नु पर्दैन त ? अनि उही पुरुष ले अनेक सस्कार र सस्कृति को बन्धन लादि नारीलाई नजरबन्द बनाउनु न्याय होत ? अनि यी सबै न्याय होइन भने यी सबै परम्परा र सस्कृति ले सधै नारीलाई कुनै अधिकार मिल्दैन भने किन जोगाउने यो सस्कृति अनि परम्परा किन उठाउनु दाजु भाई र पति को लागि दुख्ख र आज २१ सौ सताब्दिमा छौ हामी तर पनि हामीले किन पुरुष सरह समान अधिकार हासिल गर्न सक्दैनौ त रु हो यसको यौटै कारण हो हामीमा भएको ममता जसको फाइदा पुरुष ले गलत ढंग बाट उठाई हामी माथि नै अनेक धर्म र सस्कृति थोपरी हाम्रो अधिकार मात्र होइन हाम्रो स्वास्थ्य र स्वाभिमान समेत हामी आफै पुरुष का लागि बलि चढ िउ छौ । तर यसलाई पुरुष ले ममता होइन हाम्रो अधिकार छिन्ने काममा प्रयोग गरि पुरुष प्रधान बन्यो परा पूर्व काल बाटै र अहिले सम्मै उसले आफ्नो दासत्वो नारी माथि थोपर्दै गयो ,अनि हामी नारी यहि सस्कृति र परम्परा मान्ने नाम मा आफ्नै अधिकार बाट बन्चित बन्दै आफनै दाजुभाई र पति बाट आफ्नो अधिकार छिनिएको हेर्दै गयौ । यसलाई ममताको रुप सोची सधा यसलाई मान्दै आयौ । आफ्नो अधिकार खोज्नको सट्टा हामी उनैलाई आफ्नो अधिकार लुटाउदै छौ । यहि सामाजिक नियम हो भनि मान्दै अझ पनि हामी चुपचाप यहि कुरालाई स्वुकार्छौ भने हामी ले कहिले आफ्नो अधिकार प्राप्त गर्न सक्ने छैनौ , त्यसैले अब हामी परम्पराको र सस्कृति लाई रुपान्तरण गरौ । आफ्नो अधिकार पनि माग्दै , ममताको आचल बिछाऊ , यकोहोरो माया को सगर मात्र नखन्यायऊ , माया को बदला माया मागौ , आफ्नो अस्तित्वो अधिकार , र स्वाभिमान खोज्न हामी अब आखा खोलौ , हामी आफ्नै घर बाट जब सम्म सोसँ ण् मुक्त हुदैनौ तब हामीले समाज बाट आसा राख्नु बेकार छ । परम्परा र सस्कृति हरु लाई लोप हुन त दिन हुन्न तर ति सस्कृति र परम्पराले आफुलाई कम्जोर बनाउनु पनि हुन्न । यस्ता खालका सस्कृति हरु रुपान्तरण गरौ , रमाइलो र भावनात्मक बनाउन हामीले कोसिश गरौ । तर आफ्नो अधिकार पनि त्यसमा बहकियर नछोडौ । यहि छ मेरो बुझाई , यी सस्कृति र पर्ब हरुको इजत गर्ने मेरो आफ्नो धारणा लाई मैले यो पानामा उतारे । यसलाई गलत सोच ले सोच्नु हुने छैन भन्ने पुरुष वर्ग हरुमा पनि अनुरोध गर्दै , आउदै गरेको हरितालिका तिज को सम्पूर्ण आमा ,दिदि ,बहिनि र छोरी हरु मा अधिकार सहितको पर्ब मान्न सक्ने छेमता को बिकाश होस भनी सुभकामना दिन चाहन्छु ।
शोभा गजुरेल
हाल फ्रान्स