नेबिसंघ महाधिबेशन बिबादका खास कारण यस्ता छन् ।

0
1024

साउन ३१,काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिद्यार्थीसंघको जारी ११ औं महाधिबेशन लगभग स्थगित हुने चरणमा पुगेको छ । महाधिबेशन प्रतिनिधि बिबादका कारण महाधिबेशन सफल गर्न पार्टीका नेताहरु असफल साबित हुन लागेका छन् । आइतबार पार्टी कार्यालयमा आफ्नै कार्यकर्ता माथि आफ्नै मन्त्रीले नतृत्व गरेको गृह प्रसशानको आदेश भन्दै लाठि चार्ज गरेर आलोचित बनेको कांग्रेस नेतृत्व यस पटक असफल उन्मुख देखिएको छ । प्रहरीको कारबाहिमा परि तीन जना गम्भीर घाइते भएका छन् ।  घाइतेहुनेहरुमा नारायण भारती,राकेश श्रेष्ठ,र पुनमलामा लगायतका रहेका छन् ।

महाधिबेशन प्रतिनिधि बिबादका खास कारणहरु सामान्य तर डर लाग्दो देखिएको छ । आफ्ना भातृसंगठनहरुको लामो समय देखि बिधिवत अधिबेशन हुन नसक्दा नेतृत्व जाममा परेको छ । बिद्यार्थीसंगठनको बिबाद मिलाउन भन्दै पार्टीले निर्देशक समीती पनि बनायो डा प्रकाश शरण महतको नेतृत्वमा तर सोही समीतिको कारण महाधिबेशन स्थगनको बाटोमा अगाड िबढिरहेको छ । ११ जिल्ला र उपत्यकाका बिभिन्न कलेजहरुमा देखिएको प्रतिनिधी बिबाद सहमीका आधारमा गर्ने सम्झौता गर्दै ३४६० प्रतिनिधिमा सभापति देउवा,वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर बिच सहमती भए पश्चात निर्वाचनको प्रकृया अगाडी बढ्नै लाग्दा आएको प्रतिनिधिको अन्तीम नामावलीमा ३०० प्रतिनिधि डा नेतृत्वको समीतिले थप गरे पछि बिबाद चुलिएको हो ।
सोही बिबादका कारण पौडेल पक्षधर बिद्यार्थीहरुले महाधिबेशन बहिस्कार गर्ने निर्णय गरेका छन् भने डा महतले कोही आए पनि नआए पनि महाधिबेशन गराएरै छाड्ने बताएका छन् । उनको आदेशमा अहिले ९ बजे देखि ३ बजे सम्मका लागि उम्मेद्धारी दर्ताको समय तोकिएको भए पनि यो समाचार तयारपर्दा सम्म कसैले पनि उम्मेवारी दर्ता गराएका छैनन् ।
यता बिबादले उग्र रुप लिए पछि दुई शिर्ष नेता बिच आइतबार बेलुका देउवा निवास बुढानिलकण्ठमा भएको छलफल पनि निष्कर्षहिन भएको छ । यसबाट देउवा पक्ष महाधिबेशनमा हार हुने निश्चित भए पछि जसरी हुन्छ टिके प्रथाबाटै आफु निकटका पात्रलाई अध्यक्ष बनाउने षड्यन्त्रमा लागेको भन्ने पौडेल पक्षको आरोप सत्य नजिक हुनसक्छ ।