नेबिसंघमा पौडेल पक्षको हारका कारणहरु यस्ता छन् ।

0
565

भाद्र २ काठमाण्डौ । नौ बर्ष पछि भएको ११औं महाधिबेशनमा जाममा परेका नेताहरुको प्रतिस्पर्धा हुंदा नेतृत्व कस्को पोल्टामा जाने हो भन्ने अड्कल बाजी लगाउन कठिन थियो । महाधिबेशनको संघारमा सभापतिमा मात्रै १६ जनाले उम्मेद्धारी घोषणा गरेका थिए । जस्मा रामचन्द्र पौडेल पक्ष धरका दश जना थिए भने सभापति शेर बहादुर देउवा पक्षबाट ५ जना र कृष्ण प्रसाद सिटौला पक्ष धरबाट १ जनाले उम्मेद्धारी दिएका थिए ।

अन्तमा देउवा आफ्नो पक्षबाट एक जनालाई मात्रै उम्मेद्धारी बनाउन सफल भए जहा उनले आफ्नै गृह जिल्ला डडेलधुराका नयनसिंह महरलाई उम्मेद्धार बनाए भने राचन्द्र पौडेलले उम्मेद्धार छान्न नसक्दा संस्थापन भनिएको पक्षबाट ३ जना सभापतिमा दौडंदा सबै जनाले बल्ड्याङ खाएका छन् ।

यदि पौडेल पक्षबाट एक जना मात्रै उम्मेद्धार भएको भए सभापति २ हजार मत का साथ बिजय हुने निश्चित थियो । सोही मत बिभाजन हुंदा मनोजमणीले झिनो मतले पराजय भोग्नु पर्यो । यो मत परिणमबाट पौडेल असफल भएको प्रमाणीत भएको छ । उनले आफु निकटका बिद्यार्थी नेतालाई किन मनाउन सकेनन् पौडेलले यसको जवाफ दिनु पर्छ । उम्मेद्धार बनेर प्रतिस्पर्धामा दौडिएकालाई १० भोटे भन्दै आलोचना गर्नाले पौडेल पक्षको पराजय भएको बिद्यार्थी नेताहरुको बुझाई छ । उनकै जिल्लाका आनन्द त्रिपाठीलाई मनाउन नसक्नु र लक्ष्मण आचार्यलाइ भोटै नभएको मान्छे भन्नु पौडेलको गम्भीर त्रुटि हो । यदि आनन्द त्रिपाठी  मात्रै प्रतिस्पर्धामा नदौडिएको भए मनोजमणी आचार्यको जित निश्चित थियो । पौडेलले आचार्यसंग कुरा गर्न समेत चाहेनन् । यसको परिणम पौडेल राजनीतिक अड्कल बाजीमा पछाडी छन् भन्ने पुष्टि भयो ।