भुकम्प प्रभाबित संरचनामा साझा संकल्प र धैर्यता हुनुपर्ने ज्ञवालीको भनाई

0
516

 ललितपुर, ३ भदौ । भूकम्पबाट क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माणका लागि साझा सङ्कल्प र धैर्यताको आवश्यकता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्। ‘हामी’ नामक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार भूकम्पपीडितलाई पहिलो किस्ता चाँडो पु¥याउन लागेको बताएका हुन्। उनले भने – “सही मार्ग पनि नछाड्ने र धेरै ढिलाइ पनि हुन नदिन लागेका छौँ ।” गलत मार्गमा नजाओस् भनेर दातृ निकायले धैर्यता नगुमाउन भनिरहेका छन् । सरकार मर्मतमात्रै गरे पुग्ने घरधनीले पुनःनिर्माणका लागि रकम लैजालान् भन्नेमा पनि उत्तिकै सहज रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनले भने– “वास्तविक भूकम्पपीडित र घर भत्काएर नै बनाउनेले मात्रै दुई लाख रुपैयाँ रकम पाउन सक्छन् ।” एकजना भूकम्पपीडित पनि राहत रकमबाट वञ्चित हुन नपर्ने उनको दाबी छ । खोकना, बुङ्गमति, साँघुलगायतका ५० भन्दा बढी पुराना बस्तीको पहिचान भएको छ । उनले भने– “खोकनालगायतका ठाउँमा लालपुर्जाको समस्या छ जुन चाँडो समाधान होस् भन्ने हामीले चाहेका हौँ ।”अधिकारकर्मी वन्दना राणाले पुनःनिर्माणको कार्य लैङ्गिकमैत्री होस् भनेर सिङ्गो विश्वले चाहेको बताए। ‘हामी’का अध्यक्ष मीनबहादुर शाहीले आगामी दिनमा भौतिक पूर्वाधार मात्रै नभएर सक्षम नागरिक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने बताए ।