भाद्र ६ काठमाण्डौ । नेपाली कांग्रेशको भातृसंगठन नेबिसघको महाधिवेशन सकिय लगत्तै अब तरुण दलको महाधिवेशनको सर्गर्मी बढन थालेको छ। यहि भाद्र २४,२५र२६ गते पोखरामा हुने महाधिवेशनको तयारी तिब्र गतिमा भैरहंदा नेतृत्वमा जान चाहनेहरुको संख्या उल्लेख्य हुने भएको छ। महाधिवेशन नजिकै आउँदै गर्दा अध्यक्षका उम्मेदवारहरु सक्रिय हुन थालेका छन।
तरुण दलको अध्यक्षमा कर्ण बहादुर मल्ल,जन्मजय तिमेल्सेना,मेदनी सिटौला ,भुपेन्द्र जङ शाही ,पदम पालुङ,लक्ष्मी खतिवडा, दामोदर कोइराला,नारायण भट्टराई,टेकराज पौडेल लगायतको उम्मेदवारी पर्ने भयको छ। महाधिबेशन आयोजक समितीका सदस्यहरु उम्मेद्धार हुन नपाएको खण्डमा पार्टी को स्रोतले बताए अनुसार देउवा खेमा बाट पदम पालुङ र पौडेल खेमाबाट दामोदर कोइराला वा भुपेन्द्र जङ शाही अध्यक्षमा उठ्ने सम्भावना छ।भुपेन्द्र जङ शाही नेबिसघका पुर्ब केन्द्रिय उपाध्यक्ष भैसकेका चर्चित युबा नेता हुन। गत संविधानसभा निर्वाचनमा कालिकोटबाट प्रत्यक्ष उम्मेदवार बनेका शाही कांग्रेशको महासमिति सदस्य पनि हुन।उनलाई कांग्रेस बरिष्ठ नेता राम्चन्द्र पौडेलको बिश्वास पात्रको रुपमा हेरिन्छ।