आर्थिक वर्ष २०७२\७३ मा काठबाट १८ करोड ५१ लाख आम्दानी

0
468

काठमाडौँ, ७ भदौ ।  वन पैदावार विकास समितिले आर्थिक वर्ष २०७२\७३ मा सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाभित्र रहेका वनमा वृक्षरोपण गरी त्यसबाट उत्पादित काठ बिक्रीबाट रु. १८ करोड ५१ लाख आम्दानी गरेको छ । पछिल्लो समय अतिक्रमण बढेपछि सशस्त्र प्रहरीको सहयोगमा संरक्षण र सम्बद्र्धनमा जुटेको समितिका कार्यकारी अध्यक्ष डा. विनयकुमार कुसियैतले बताउनुभयो । समितिले सर्लाही, महोत्तरी र रौतहटको सिमानामा रहेको सागरनाथ वन तथा झापाको रतुवामाई वनको संरक्षण र वृक्षरोपण गरी काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको हो । समितिले हाल सागरनाथ वनको १३ हजार ५०० र रतुवामाईको दुई हजार ६५० हेक्टर वनको वृक्षरोपण, संरक्षण गरी उत्पादित काठ बिक्री गर्दै आएको अध्यक्ष कुसियैतले बताउनुभयो ।