ढाका, ७ भदौ, (एजेन्सी) । बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्कामा पनि असर गरेको र अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकले बताइएका छन् । यसअघि सो कारखानाबाट निस्केको विषाक्त ग्यासबाट करिब २०० जना भन्दा बढी स्थानीय नागरिक विरामी परी अस्पताल भर्ना गरिएको जानकारी गराइएको थियो । बङ्गलादेशको चटगाउँ नगरमा रहेको रासायनिक मल निर्माण गर्ने एक कारखानाको विषाक्त ग्यास निस्केको जनाइएको थियो । सो ग्यासको असर चटगाउको नजिक रहेका श्रीलङ्काली वस्तीहरुमा पनि परेको छ । प्रहरीले सो स्थानबाट कैयौँ व्यक्तिको उद्वार गरी अन्यत्रै लगेका छन् ।