कांग्रेसले छान्यो मन्त्रीको नाम (नामावली यस्तो छ)

0
494

भदौ ८ काठामाडौ । सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम आज टुङ्गो लगाउने भएको छ ।
भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण मन्त्रीहरुको नाम पठाउन ढिलाइ गरेको काँग्रेसले आज बाँकी मन्त्रीको नाम टुङ्गो लगाउने नेता नवीन्द्रराज जोशीले बताए ।
काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पठाउनेमध्ये सीतादेवी यादव, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा प्रकासशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, शङ्कर भण्डारी, गगन थापा, फरमुल्लाह मन्सुर, , नवीन्द्रराज जोशी, दीपक गिरी लगायतको नाम बढी चर्चामा छ ।
काँग्रेसले यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको छ । मन्त्रीको टुङ्गो लागेपछि पार्टीमा रिक्त पदाधिकारी र विभागलाई पूर्णता दिने बताइएको छ ।
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले वर्तमान सरकार निर्माणका बेला नेकपा माओवादी केन्द्रसँग १३ मन्त्रालय पाउने सहमति भएको थियो । माओवादी केन्द्रले भने आफूले पाउने सबै ८ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।