भदौ ८ काठमाण्डौ एजेन्सी । इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ ।
स्थानीय समय बिहान ३ बजेर ३६ मिनेट जाँदा भूकम्प भुकम्प गएको हो ।
भूकम्पकको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए ।
भुकम्पबाट मानवीय र भौतिक क्षतिको थप बिवरण अहिले सम्म आएको छैन