२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

ह्याकरले चोर्यो एफवान सफ्टको खाताबाट तीन करोड ४२ लाख

सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ । कम्पनीको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । एफवान सफ्ट इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले सफ्टवेयर तथा प्रविधि विकास गरी बिक्री– वितरणको भुक्तानी सो खातामा जम्मा गर्दै आएको थियो । दुई महिनाअघि पटक–पटक गरेर सो खाताबाट अनलाइन बैंकिङमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको हो ।
वैदेशिक रोजगारीमा रहेकालाई हुन्डीको कारोबार मिलाउन नेपालको खातामा पैसा हालिएकाले यसमा अन्तर्राष्ट्रिय गिरोहकै संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । यस्तो खालको बैंकिङ ह्याकिङ नयाँ खालको भएकाले समग्र बैंकिङ क्षेत्रकै लागि समेत चुनौती बनेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।