एकै खेलमा ३२ गोल !

0
302

भदौ ८ काठमाडौ । लिग कप फुटबलको दोस्रो चरण अन्तर्गत मंगलबार राति भएको एक खेलमा ३२ पेनाल्टी भयो भने २९ गोल भएको छ ।
गएराति भएको खेलमा डर्बी काउन्टी र कारलिस्लेबिचको खेलमा २९ गोल भएको हो । यो खेलमा दुई गोल मात्र निर्धारित समयमा भएको थियो भने बाँकी २७ गोल पेनाल्टी सुटआउटमा भएको थियो ।
खेलको ५६ औं मिनेटमा डर्बीका डरेन बेन्टले गोल गरेका थिए तर इन्जिरी समयमा कारलिस्लेका माइक जोन्सले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । तर दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
निधारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट हुने भएको हो । टाइब्रेकरमा पनि दुवै तर्फबाट लगातार गोल भएपछि ३२ पटक पेनाल्टी प्रहार भए ।
त्यसमा पाँच वटा पेनाल्टी बल गोल किपरले सेभ र बाहिर गए।टाइब्रेकरमा डर्बी १४–१३ ले विजयी भयो र लिग कपको तेस्रो चरणका पुग्न सफल भयो ।