पुरुषहरुले लामो समयसम्म महिलालाई घुरेमा जेलको हावा खुवाईने

0
333

बेला बेला अचम्मका कुराकानी त हामीले सुनिनै रहेका हुन्छौँ ।यस्तै एक रोचक जानकारी हामीले प्राप्त गरेका छौँ । कोहि पुरुषहरुले अब कुनै महिलालाई १४ सेकेण्डसम्म पनि घुरेर हेर्न नपाउने भएका छन् । आधा मिनेटको आधा समयसम्म महिलालाई घुरेमा पनि उनीहरुमाथि मुद्दा चल्न सक्नेछ र जेलको हावा खानुपर्ने हुन सक्छ ।तर बिडम्बना यो नियम हाम्रो देशको चाँहि होइन । अन्तशुल्क आयुक्त ऋषिराज सिंहका अनुसार यदि केरलामा कुनैपनि पुरुषले महिलालाई १४ सेकेण्ड भन्दा धेरै समयसम्म घुरेको पाइएमा उस विरुद्ध मुद्दा दर्ता हुन सक्ने भारतको केरलाका एक वरिष्ठ अधिकारीले बताएका हुन्। चार्टड अकाउन्टेन्टहरुको एक समूहलाई महिला सुरक्षाको विषयमा प्रवचन दिएको बेला सिंहले यस्तो बताएका छन् । साथै उनले महिलाहरुले आत्म सुरक्षाका लागि मार्सल आर्ट सिक्नुपर्ने पनि बताए ।बरिष्ठ अधिकारीको यस्तो भनाइको तिव्र आलोचना पनिभएको छ ।