स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्दै गगनले भने स्वास्थ्य क्षेत्रको बिकृती हटाउंछु ।

0
619

भाद्र १० काठमाण्डौ । नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा जनताले स्मण गर्ने काम गर्ने बताउनु भएको छ । राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरे लगत्तै पदभार ग्रहण गर्न मन्त्रालय पुग्नु भएका स्वास्थ्य मन्त्री थापाले जनसरोकारको मन्त्रालयको जिम्वारीमा पठाउने पार्टीको निर्णयले जनताले थोरै भए पनि राहत पाउने बताउनु भएको छ ।DSC00165

डा गोबिन्द केसीको आन्दोलनको आफु पनि समर्थक भएको भन्दै मन्त्री थापाले अब केसीको आन्दोलनले पुर्णता पाउने बताउनु भएको छ । आफ्नो कार्यकाल लामो छोटो जस्तो भए पनि जनताले प्रत्यक्ष लाभ लिन पाउने उहांको भनाई थियो । सरकारी अस्पतालको सेवामा सुुधार गर्दै दुरगम स्थानका अस्पतालमा हुने चिकित्सक अभाव आफुले हटाउने भन्दै मन्त्री थापाले नक्कली चिकित्सकको छानविन गर्ने बताउनु भएकोछ । मन्त्रालयको अवस्था आफुले अध्यायन गरे पछि मात्रै थप सुधारका बिषयमा अगाडी बढ्ने उहांको भनाई थियो । पदभार ग्रहण गर्नु अघि मन्त्रालयका कर्मचारी तथा सुभेच्छुकहरुले स्वागत गरेका थिए ।