अध्यक्ष गुरुङ लागुऔषध कारोवारको अभियोगमा पक्राउ

0
488

काठमाण्डौं, १० भदौ  ।  शुक्रबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको महाराजगञ्जबाट धादिङका नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष दिनेश गुरुङलाई लागुऔषध कारोवारको अभियोगमा पक्राउ गरेको छ । ब्युरो स्रोतका अनुसार गत चैतमा लागूऔषध एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश तामाङ भनिने दिनेश गुरुङ पक्राउ परेका हुन् । थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको ब्युरो स्रातले बताएको छ ।धादिङ मार्पाकका गुरुङ विगतमा प्रहरी कार्वाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा थिए । ब्युरो स्रोतका अनुसार चरीको समुहमा सक्रिय हुँदा नै गुरुङले लागुऔषध कारोवार गरेका प्रहरीको भनाइ छ । विषेश गरेर धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने धन्दामा उनी सक्रिय रहेको प्रहरीले जनाएको छ ।