भाद्र १० काठमाण्डौ,बिपी पोखरेल । आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलि बुधबार एयरपोर्ट र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक यातायाताको अनुगमन गर्न निस्कियो । सुरुमा अनुगमन टोलिले एयरपोर्ट भित्र सञ्चलान हुने ट्याक्सिको अनुगम सुरु ग¥यो । एयरपोर्ट भित्र सञ्चालन हुने ट्याक्सिले यात्रु संग बढी पैसा लिएको तथा मिटरमा नचलाएको पाइएपछि कारवाही प्रक्रिया चाल्यो । सुरुमा एक दुईवटा ट्याक्सीलाई कारवाही गर्ने बेला सम्म अवस्था सामान्य थियो । विस्तारै ठगी गर्ने ट्याक्सीलाई कारवाही गर्ने क्रम बढ्न थालेपछि अवस्था एकाएक गर्मागर्मी भयो । ट्याक्सी चालकहरु अनुगमनकर्ता माथी जाइलाग्न थाले ।उनिहरुले भनिरहेका थिए २२ लाख हालेर किनेको ट्याक्सी हो, कमाउन नपाउने हामिलाई किन कारवाही गरेको ।
त्यसपछि निकै सानो सङ्ख्या र कम सुरक्षाकर्मीको साथमा गएका अनुगमन टोलिका सदस्यहरु ट्याक्सी चालकसंग हच्किए । २४ सै घण्टा सञ्चलान हुने एयरपोर्टमै अनुगमन टोलिले सुरक्षित महशुस गर्न सकेनन् । ट्याक्सी चालकहरु अनुगमनकर्ता माथी यति हावि भए कि, त्यहां बस्न सक्ने अवस्था रहेन । त्यतिमात्रै होइन उनिहरुले त्यहा“ पुगेका सञ्चारकर्मीलाई पनि गालिगलौज गर्दै हातपात गर्ने प्रयास सम्म गरे ।
एयरपोर्टको ट्याक्सीवालाको दादागिरीको यहि घटनाले पुष्टी गर्छ, कि अनुगमन कसरी भइरहेको छ र कतिसम्म छाडातन्त्र मौलाइरहेको छ भन्ने । एयरपोर्टमा ट्याक्सी चालकहरुको हर्कतको दृश्यावलोकन गरेपछि अनुगमन टोली त्यहा“बाट जावलाखेल तर्फ लाग्यो । अनुगमन टोलीले जावलाखेल रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको अनुगमन ग¥यो । अनुगमनका क्रममा टोलिले तोकिएको भन्दा बढी भाडा लिने १८ वटा बस तथा माइक्रोबसलाई कारवाही ग¥योे । अनुगमनका क्रममा साझा यातायात देखी टेम्पो सम्मले यात्रुहरुलाई ठग्ने गरेको, भाडा लिस्ट नटांसेको तथा तोकिएको भन्दा बढी भाड लिने गरेको पाइएपछि कतिपय बढी भाडा लिएका यात्रुहरुको भाडा फिर्ता गराउनुका साथै सम्झाउने काम गर्यो ।
त्यसो त अनुगनका क्रममा उपभोक्ताको पनि प्रशस्तै कमजोरी भेटिने गरेका छन् । उपभोक्ता सचेत नहुंदा ठगि गर्नेले प्रशय पाइरहेका छन् भने उपभोक्ता स्वयं ठगिइरहेका छन् । उपभोक्ता यतिसम्म गैरजिम्मेवार देखिए कि अनुगमन टोलिले बढी भाडा लिएको पैसा फिर्ता गराउदां समेत लिन हिच्किचाए । आफ्नो अधिकारको विषयमा उपभोक्ता सचेत नहुंदा र जानकार हुंदाहुंदै पनि बेवस्ता गर्दा कालोबजारी र ठगि प्रथाले संरक्षण पाइरहेको छ । त्यसैले सबैभन्दा पहिला त, उपभोक्ता सचेत हुन जरुरी देखिन्छ । अर्काेतर्फ सबैतिर बेथिती र मनलाग्दी मिसावट, कालोबजारी र ठगिले आक्रन्त बजारमा विना कुनै तयारी हुने यस्ता म्यादी अनुगमनले कुनै अर्थ राख्दैन भन्ने पनि प्रष्टै देखिएको छ । ठगहरुसंग डराएर भाग्ने नभई ठगहरुलाई सजायको भागिदार नबनाउंदासम्म, अनुगमनको कुनै औचित्य छैन भन्दा फरक पर्दैन । किनकी, अहिले दिनहुं भैरहेका अनुगमनमा ठगहरु नै हावि भैरहेका छन् ।