संबिधान कार्यन्वयनमा भट्टराईको जोड

0
263

भदौ ११ ललितपुर,। नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।

ग्रिन काठमाडौँ क्लिन काठमाडौँ अभियान र ज्योतिदय सङ्घद्वारा आज ललतिपुरमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले तराई मधेसले गर्दैआएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयताको सीमाङ्कन निर्धारण गरेर स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको औँल्याउनुभयो ।

संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।