रक्षाको जवानी प्रदीप लामाको गीतमा पोखीयो

0
707

भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब डुब गीतको भिडियोमा अर्का चर्चित मोडेल दिपक लामासँग देखिएकी हुन ।
गीतमा उत्कृष्ट शब्द र संगीत संयोजन गायक प्रदिप आँफैले गरेका छन । आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा नव ढुङेलले भिडियो निर्देशन गरेका हुन । गीतको रोमान्टिक दृश्यहरु सिनेम्याटोग्राफर अमृत सुनुवारले कैद गरेका हुन भने माधव बेल्बासेले सम्पादन गरेका हुन । भिडियोमा पोखराको फेवाताल र पावर हाउश लगायतका सुन्दर दृश्यहरु देख्न पाइन्छ । rakshya_1
शास्त्रीय संगीतमा करिब आधा दशक निरन्तर साधनारत गायक लामाको पहिलो एल्बम जर्नी अफ लभमा समावेश गरिएको यो गीतमा आधुनिक, पप, क्लासिकल र तामाङ्ग शेलोको समेत फ्युजन पाइन्छ । उनको एल्बम लाई आर्टिस्ट नेपालले बजारमा ल्याउने तयारी गर्दैछ ।