प्रधानमन्त्री र प्रमुख तिन दलबीच बैठक ।

0
334

 काठमाडौ, १४ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्थानीय निकायको पुनर्संरचना बारे  ३ दलको बैठक बोलाउनु भएको छ । बिहान ९ बजेका लागि नेपाली कांगे्रस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । ३ दलको बैठक अघि प्रधानमन्त्रीले नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गर्नुहुने भएको छ । बालुवाटारमै शुरु हुने भनिएको भेटमा स्थानीय निकायबारे एउटै धारणा बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।