काठमाडौँ, १४ भदौ । नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल नाडाको ‘११ औँ अटो सो’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । छ दिनसम्म चल्ने उक्त प्रदर्शनीको ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताउनुभयो ।