चिनियाँ राजदूतावासमा आत्मघाती आक्रमण

0
290

 बिसकेक, १४ भदौ । किर्गिस्तानमा अवस्थित चिनियाँ राजदूतावासको प्रवेशद्वारमा मङ्गलबार आत्मघाती बम आक्रमण भएको छ । अधिकारीहरुका अनुसार यस आक्रमणमा परी तीन व्यक्ति घाइते भएका छन् । यस आक्रमणमा परी आत्मघाती आक्रमणकारी मात्र मारिएको छ भने दूदुतातावासको सुरक्षाको लागि खटिएका तीन सुरक्षा गार्ड घाइते भएका किर्गिस्तानका उपप्रधानमन्त्री जेनिस रजाकोभले पत्रकारलाई जानकारी दिएका छछन् ।रजाकोभका अनुसार चिनियाँ राजदूतावासमा कार्यरत तीन किर्गिज नागरिक घाइते भएका र ती सबैलाई उपचारको लागि अस्पताल लगिएको छ । सरकारी अधिकारीहरुका अनुसार करिब छ सय किर्गिज नागरिक सिरिया र इराकमा इस्लामिक स्टेट्स आइएस लडाकू समूहमा सहगागी भएका छन् ।