भदौ १८ काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको आशन्न महाधिबेसनको सम्मुखमा बिभिन्न आकांक्षीहरुले सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसार गरिरहेका छन् । तर यहि २३ देखि २५ गते सम्म पोखरामा हुने भनिएको महाधिबेसन हुने वा सर्ने भन्ने बिषयमा अन्यौल अझै कायमै छ । महाधिबेशन सुरु हुन ४ दिन मात्रै बांकी रहंदा वर्तमान तदर्थ समितीले गर्नु पर्ने तयारी भने सुस्त देखिएको छ ।
अहिलेको कार्य समितीका कुनै पनि ब्यक्ति यो महाधिबेशनमा उम्मेद्धार बन्न नपाउने भए पछि नयां अनुहारले मौका पाउने भएका छन् । त्यसमा नेपाल बिद्यार्थीसंघको उपाध्यक्ष समेत बनि सकेका कर्णली अञ्चलको कालीकोटमा गत संबिधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेद्धार समेत बनेका युवा नेत भुपेन्द्र जंग शाही सभापतिको दौडमा छन् । सामाजीक सञ्जालमा शाही अन्य उम्मेद्धार भन्दा भिन्न ढंगबाट आफ्नो रोडम्याप सहित प्रस्तुत भैरहेका छन् । शाही तरुण दलको सभापतिमा निर्वाचित भएमा के के गर्लान् त भन्ने धेरैको जिज्ञासालाई उनले बलियो जवाफ दिएका छन् । शाहीको रोडम्याप यस्तो छ ।
नेपाल तरुण दलको महाधिवेशन बाट अब संगठनलाई गतिशील र युवाहरूलाई उधमशिल बनाउन जरुरी छ। यसका साथै
१युथ डेभलपमेन्ट बैंकू को स्थापना ( उधयोग स्थापनाको लागि युवालाई बिना धितो ५ लाख देखि २०लाख सम्म रिण दिन )
२ युवाहरूलाई बेरोजगार भत्ताको ब्यबस्था गर्न ( यो देसमा बाल, बृद्ध,सुत्केरी र कर्मचारी सबैलाई विभिन्न नाममा भत्ता दिइन्छ अनि युवालाई मात्र किन सौतेनी व्यबहार ? त्यसैले रोजगारीको ब्यबस्था नहुदांसम्म बेरोजगारी भत्ता दिनु ठिक हुन्छ की )
३ वैदेशिक युवा सरोकार केन्द्रूको स्थापना ( बिदेस जानू भन्दा अगाडि विशेष ट्रेनिङ दिने, बिदेशमा रहेका युवाहरूको हित र सुरक्षामा ध्यान दिने, अनि नेपाल फर्के पछि उधमशिल बन्न प्रेरित गर्ने )
४ गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी ।