एमाले अध्यक्ष ओली आज स्वदेश फर्किंदै ।

0
426

काठमाडौ, २० भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । ओली बैंककबाट आज मध्यान्ह १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । उपचारका लागि यही भदौ ९ गते थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु भएको थियो । स्वास्थ्य परीक्षणपछि ओलीले इण्डोनेसियाका पर्यटकीय स्थलको अवलोकन भ्रमण गरेका थिए । ओलीको साथमा श्रीमती राधिका शाक्य र सहयोगी राजेश बज्रचार्य तथा एमाले नेता विष्णु रिमाल रहेका थिए । झण्डै १० दिनपछि स्वदेश फर्किन लागेका अध्यक्ष ओलीलाई स्वागत गर्न युवाहरु तयारी अवस्थामा रहेका छन् ।