२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

बाघ मार्न पासो थाप्ने शिकारी नै शिकार !

बाघ मार्न राखिएको पासोमा शिकारी आफैँ  परेर शिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ।

गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।  

बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार  थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् ।

‘बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको शिकार भएका हुन् । बाघ मार्न गएछन्। उल्टै बाघले मारेछ’, उनले भने, ‘आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको शिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् ।’

 सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।

गत कात्तिक २ गते थिङलाई बाघले आक्रमण गरेर मारेको हो । उनी लामो समयदेखि चोरीशिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ । थिङ वन्यजन्तुको आपराधिक पृष्ठभूमिका व्यक्ति भएको निकुञ्जले जनाएको छ तर उनी मरेका दिन सञ्चार माध्यममार्फत भने घाँस काट्न जङ्गल जाने क्रममा बाघले आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।

मृतकका परिवारले बाघका कारण मृत्यु भएको भन्दै निकुञ्जको मध्यवर्ती समितिमा क्षतिपूर्तिका लागि माग पनि गरेका थिए। घटनाक्रम रहस्यपूर्ण भएपछि आफूहरूले अनुसन्धान गरेको र वास्तविक कुरा बाहिर आएको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।

यो घटनामा संलग्न रहेका न्यौपानेलाई निकुञ्जले पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । बाघ मार्ने प्रयास गरेको अभियोगमा गत कात्तिक २९ गते पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान पूरा भई आइतबार अदालतमा मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। गोरखापत्र दैनिकमा समाचार छ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।