हुलाकी राजमार्ग निर्माणको ढोका खुल्यो : मन्त्री लेखक

0
273

भदौ २१ काठमाण्डौ । भारतको सहयोगमा तराईमा निर्माणाधीन हुलाकी राजमार्गको काम अघि बढाउन अब कुनै अवरोध नरहेको भौतिक योजना तथा यतायात मन्त्री रमेश लेखकले बताएका छन्।
उनले यसै हप्ताभित्र जनकपुर खण्डमा सडक निर्माणको शिलान्यास गरिने बताए।
पहिलो चरणको सडक निर्माणका लागि भारतीय र नेपाली पक्षबीच स्रोत र काम गर्ने सडक खण्डका बारेमा टुङगो लागेको बताइएको छ।
उक्त राजमार्गका ११ वटा सडक खण्ड भारतीय सहयोगमा र ५ वटा नेपालकै स्रोतमा निर्माण गर्ने सहमति भएको छ।
तराईको महत्वपूर्ण विकास आयोजनाको रुपमा हेरिएको हुलाकी सडक भारत सरकारले निर्माण गरिदिने सहमति १० वर्ष अघि भएको थियो।
यस आयोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने ३२ वटा सडक र पुरानो हुलाकी सडक गरी करिब १८ सय किलोमिटर लामो सडकको निर्माण र स्तरोन्नति पर्दछ।
त्यसमध्ये पहिलो चरणमा ५ सय ५० किलोमिटर निर्माण गर्ने भनिएको थियो।ramesh
हुलाकी मार्ग निर्माणका लागि भारतले ८ अर्ब रुपियाँ उपलब्ध गराउने छ
जस अनुरुप भारतको ८ अर्ब रुपियाँ सहयोगबाट बनाउने भनिएको सडक निर्माणको जिम्मा भारतकै कम्पनीलाई दिइएको थियो।
तर निर्माण कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै हात झिकेपछि सडक निर्माण तीन वर्ष देखि अलपत्र रहेको छ।
अब उक्त सडक निर्माणमा देखिएका समस्यालाई नेपाल र भारतका अधिकारीहरु बसेर सुल्झाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताए।
उनले भने, ूत्यसको स्रोत र काम गर्ने सडक खण्डका बारेमा टुङगो लागेको छ। अब रोकिएको काम अगाडि बढ्छ। तीन(चार दिनमै जनकपुर(जलेश्वर(भिट्टामोड सडक निर्माणको शिलान्यास गर्दैछौँ।

सहमति अनुसार पहिलो चरणमा १७ वटा सडक खण्ड मध्ये ११ वटा भारतीय पक्षले उसकै सहयोगमा र ६ वटा नेपाल सरकारले आफ्नै स्रोतमा निर्माण गर्नेछ।
सम्झौतामा केही फेरबदल भएकाले परिमार्जन सहितको सम्झौतामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला हस्ताक्षर गरिने बताइएको छ।
उक्त भ्रमणकै बेला बाँकी सडक खण्डका बारेमा पनि भारत सरकारसँग छलफल गर्ने तयारीमा आफुहरु रहेको मन्त्री लेखकले बताए।
उनले भने, दोस्रो चरणमा निर्माण गर्ने भनिएको यो सडकको बाँकी खण्डको प्रतिबद्धता बारेमा प्रधानमन्त्री दिल्ली गएको बेला कुरा हुन्छ।
हुलाकी सडक खण्डमा पर्ने पुलहरुको निर्माण पहिलेदेखि नै नेपाल सरकारको जिम्मेवारीमा रहेको छ।
दुई लेनको उक्त सडकमा धेरै जसो ठाउँमा मुआब्जा सम्बन्धी विवाद रहेको बताइन्छ।
उक्त विवाद हल गरि हुलाकी सडक निर्माण सम्पन्न गर्न सकिए त्यसले तराईको विकासमा ठूलो योगदान दिनसक्ने बताउने गरिएको छ। स्रोत बिबिसी नेपाली सेवा ।