भूकम्प पिडीतलाइृ ३ लाख दिने सरकारको तयारी

0
290

भदौ २१ काठमाण्डौ । संसदीय समितिको बैठकमा डाकिएका प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई दिइने अनुदान रकम दुई लाख रुपैयाँबाट बढाएर तीन लाख बनाउनका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन्।
सोही बैठकमा बोलाइएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखले भूकम्प पीडितलाई तीन लाख अनुदान दिने विषयमा अधिकारीहरुबीच गम्भीर छलफल भइरहेको बताए।
विनाशकारी भूकम्प गएको झण्डै डेढ वर्ष बितिसक्दा पुनर्निर्माण कार्य अत्यन्त सुस्त भएको भन्दै आलोचना भैरहेको छ।
संगसंगै भूकम्प पीडितलाई घर निर्माण गर्न नयाँ(नयाँ आश्वासन आउने क्रम पनि रोकिएको छैन।
सोमबार संसदको विकास समितिको बैठकमा बोलाइएका प्रधानमन्त्री प्रचण्डले आफ्नो नयाँ योजना सुनाउँदै भूकम्प पीडितलाई अनुदान थप्ने तयारी तीव्र भइरहेको जानकारी दिए।
तयारी
सो बैठकमा उपस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “अनुदान रकम एक लाख थपेर तीन लाख रुपैयाँ पु(याउने जानकारी सम्माननीय प्रधानमन्त्रीले दिनुभयो। त्यसका लागि स्रोत जुटाउन छलफल भइरहेको छ।”
यदि भूकम्प प्रभावित ३१ जिल्लाका करीब आठ लाख भूकम्प पीडितहरुलाई आवास अनुदानको रकम बढाउने हो भने सरकारलाई थप ८० अरब रुपैयाँ आवश्यक पर्दछ।