राजधानीमा हैजाको संक्रमण भएको पुष्टि ।

0
463

काठमाडौँ, २१ भदौ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा १३७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ ।
वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिनुभयो ।

लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंमा १९ र भक्तपुरमा एक जनामा जीवाणु देखिएको हो । पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थिय

महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना सङ्कलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ ।
। रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन् । हैजाको समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकहरुले बताउंदै आएका छन् ।