भदौ २१ काठमाडौं : गायक एवं संगीतकार विश्वराम कार्कीको “एक्स्ट्रा पारामा” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक स्वयंकै शब्द तथा संगीत रहेको छ भने यस गीतलाई संगीत संयोजक प्रमोद निर्वाणले गरेका छन् । म्यूजिक भिडियोमा निराजन प्रधान र शिखा शाहीको अभिनय देख्न पाईन्छ ।उक्त म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्माकले छायांकन गरेका छन् भने रंग पत्रकार सरोज श्रेष्ठको निर्देशन रहेको छ ।

भिडियो हेर्न यो लिंकमा लिक्क गर्नुहोस् ।