धारिलो हतियार प्रहार गरी युवकको विभत्स हत्या ।

0
468

विराटनगर, २१ भदौ  ।  मंगलबार विहान विराटनगरमा  एक युवकको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको  शव भेटिएको छ । विराटनगर,१३, शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा अन्दाजी २८ वर्षीय युवकको शरीर टुक्रा टुक्रा पारेर प्याक गरेको अवस्थामा भेटिएको हो । मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग टुक्रा पारेर बोरामा प्याक गरेको  छ भने घाँटीदेखि तल र घुँडादेखि माथीको भाग डसनामा पोको पारेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको विषयमा आधिकारिक रुपमा बोल्न मानेको छैन ।घटनास्थलमा तास र वियरको बोतल पनि फेला परेको छ । मदिराको नसामा योजनाबद्ध रुपमा हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान जारी राखेको बताउँदै घटनास्थलमा सञ्चारकर्मीहरुलाई समेत प्रवेशमा रोक लगाएको थियो ।