पूर्वमन्त्री गुप्तालाई सहयोग गरेको आरोपमा इन्सपेक्टर पक्राउ

0
476

 ललितपुर ,२१ भदौ ।  महिला व्यावसायीलाई धम्क्याएर पैसा असुली गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको भेटिए पछि एक इन्सपेक्टर पनि पक्राउ परेका छन् । पक्राउ पर्ने इन्स्पेक्टर अनिल पण्डितलाई ललितपुर परिसरको टोलीले पक्राउ गरेको छ। एसएसपी पिताम्बर अधिकारीका अनुसार इन्स्पेक्टर पण्डितले सहयोग गरेबापत गुप्तासँग ५० लाख रुपैयाँ मागेका थिए । त्यसबापत ७५ हजार लिइसकेको पनि परिसरको अनुसन्धानबाट खुलेको छ । करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ । महिला ब्यवसायी तारा रेग्मिलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् । आफनै श्रीमती हत्याको आरोपमा जेल सजायँ काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमीका भनिएकी रेग्मीलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् । रञ्जनसँगै रेग्मी पनि गिता ढकाल हत्या काण्डकी आरोपी हुन् । उनैलाई धमक्याउने गुप्तालाई सहयोग गरेको आरोपमा पक्राउ परेका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको हिरासतमा राखिएको छ । अपहरण गर्न साथ दिन लागेको भन्दै पक्राउ परेका पण्डितलाई म्याद थप गरेर मुद्दा चलाउने तयारी भैरहेको एसएसपी अधिकारीले अनलाइनखबरलार्इ